सामोआविरुद्ध नेपालको उत्कृष्ट जित

सामोआविरुद्ध नेपालको उत्कृष्ट जित Ramaroshan
२०८२ कार्तिक ०१ गते
सामोआविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं: आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तरगत सामोआविरुद्धको खेलमा नेपाल विजयी भएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले सामोआलाई १ सय २४ रनले पराजित ग¥यो । नेपालले सामोआलाई २ सय १२ रनको चुनौती दिएको थियो ।


जवाफी ब्याटिङ गरेको सामोआ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमा समेटियो । नेपालका ललीतनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि सामोआले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।


आजको खेलमा नेपालका ओपनर आशिफ शेख र मिडिल अर्डर ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । शेखले ४१ बलमा ६९ रन बनाए । उनले ४ छक्का र ७ चौका प्रहार गरे ।

त्यस्तै, ऐरीले ३३ बलमा ५३ जोडे । यस क्रममा उनले ४ छक्का र २ चौैका प्रहार गरे ।

आजको खेल जितेसँगै नेपाल अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बनेको छ ।