
धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुबाट निवेदन माग गरेको छ।
प्रशासनले आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च उपलब्ध गराउनका लागि निवेदन माग गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कैलालीका ५४ जना घाइते भएको सरकारी तथ्याङ्क छ।
निवेदन दिएका घाइतेलाई कागजात र प्रमाणका आधारमा घाइते परिचयपत्र तथा खर्च वाफत २० हजार रुपियाँ उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।
प्रशासनले घाइतेहरुलाई सम्बन्धित स्थानीय तहको सिफारिससहित अस्पताल भर्ना टिकट, घाइतेको बैङ्क खाता नम्बर, हालसालै खिचिएको दुई थान फोटो, नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर घाइते स्वयमलाई उपस्थित हुन अनुरोध गरेको छ।
सिफारिस
२०८२
कार्तिक
०४ गते
विपिन जोशीकोे शव लगियो गृह जिल्ला कञ्चनपुरमा
२०८२
कार्तिक
०४ गते
विपिनको परिवारलाई पनि सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने
२०८२
कार्तिक
०४ गते
विपिनको पार्थिव शरीरमा राजकीय श्रद्धाञ्जली
२०८२
कार्तिक
०४ गते
टिकटकरआँचल नाथ प्रकरणमा पाँच आरोपीमाथि मुद्दा,एक पक्राउ चार फरार
२०८२
कार्तिक
०४ गते
संजीवनी मोबाइल ग्यालरीले नयाँ भवनबाट सेवा दिने ,अनलाइन सेवा पनि विस्तार गर्ने
About Us
© 2025 Ramaroshan. Made with By MU Computer Institute