आगजनी र तोडफोड गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालय र विषयगत समितिका कार्यालय मर्मत

धनगढी । आगजनी र तोडफोड गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालय र विषयगत समितिका कार्यालय मर्मत गरिएको छ । कम क्षति भएका सचिवालय र विषयगत संसदीय समितिका कार्यालय मर्मत गरिएको हो । प्रदेश सभा सचिवालयका सचिव बस्ने कार्यकक्ष व्यवस्थापनसहित विभिन्न समितिको कार्यालय सामान्य मर्मत भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो ।
“विषयगत समितिको एउटाबाहेक अन्य समितिको कार्यालयमा त्यति धेरै क्षति भएको थिएन,” उहाँले भन्नुभयो, “सामान्य मर्मतको कार्य गरिएको छ ।” सुदूरपश्चिम प्रदेश सभा अन्तर्गत पाँच वटा विषयगत संसदीय समिति रहेका छन् ।
प्रदेश सभा भवन र राजनीतिक दलका संसदीय दलको कार्यालय मर्मतको कार्य भने अझै सुरु गरेको छैन । बढी क्षति भएका कारण संसदीय दलको कार्यालय र प्रदेश सभा भवन मर्मतको काम सुरु नभएको जैसीले बताउनुभयो । उहाँले छलफलपश्चात् तिहारपछि मर्मतको काम अगाडि बढाइने उल्लेख गर्नुभयो । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले भदौ २४ गते प्रदेश सभाको संरचनामा आगजनी र तोडफोड गरेका थिए ।
सिफारिस
विपिन जोशीकोे शव लगियो गृह जिल्ला कञ्चनपुरमा
विपिनको परिवारलाई पनि सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने
विपिनको पार्थिव शरीरमा राजकीय श्रद्धाञ्जली
टिकटकरआँचल नाथ प्रकरणमा पाँच आरोपीमाथि मुद्दा,एक पक्राउ चार फरार
संजीवनी मोबाइल ग्यालरीले नयाँ भवनबाट सेवा दिने ,अनलाइन सेवा पनि विस्तार गर्ने
About Us
© 2025 Ramaroshan. Made with By MU Computer Institute