धनगढी । दार्चुलामा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । शुक्रबार जिल्ला सदरमुकाम नजिक रिङ्नेताल नजिक साइकलबाट लडेर महाकाली नगरपालिका ५ का अमृत डोबालको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो जिल्ला सदरमुकाम खलंगाको रिङ्नताल नजिक साइकलबाट लडेर गम्भीर घाइते भएका डोबालका उपचारका क्रममा जिल्ला अस्पतालका मृत्यु भएको हो ।
तीव्रगतिमा साइकल सडकको भित्तामा ठोकिँदा डोबालको टाउकोमा गम्भीर चोट लागेको हुनाले अस्पताल पुर्याएको केही समयमै डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले बताए । शव जिल्ला अस्पतालमै रहेको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

