धनगढी । बैतडीको सुर्नया गाउँपालिकामा गरिएको तालाबन्दी एक हप्ता बितिसक्दा पनि खुल्न सकेको छैन । समयमै सूचना नदिएको र गाउँपालिकाले आफ्ना माग सम्बोधन नगरेको भनेर गएको शुक्रबार गाउँपालिकाको कार्यालयमा जेनजी समूहले तालाबन्दी गरेको थियो । तालाबन्दी गरेको समूहले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र कार्यापालिकाको टिम र पालिकाका कर्मचारीसँग छलफल गरेर समस्या समाधान गरेपछि ताला खोल्ने बताएको थियो । शुक्रबार कार्यपालिकाका पदाधिकारी, जिल्ला समन्वय समितिको टिम र जेनजी समूहबीच छलफल भएको थियो ।
छलफलमा आफूहरूले राखेका माग जनप्रतिनिधिहरूले सम्बोधन गर्न नचाहेको र आलटाल गर्न खोजेकाले छलफल बिनानिष्कर्ष टुंगिएको जेनजी समूहका अगुवा विशाल भट्टले बताए । ‘जबसम्म स्पष्ट रुपमा हाम्रा माग सम्बोधन हुँदैनन्, त्यतिन्जेलसम्म ताला खुल्दैन,’ उनले भने । छलफल सकारात्मक भएको र युवाहरूले राखेका १० मागमध्ये सातवटामा सहमति जुटिसकेको पालिका अध्यक्ष अमर कुँवरले बताए । ‘युवाहरूका जायज माग पूरा गर्छौं,’ उनले भने, ‘केहीमा सहमति भइसकेको छ । अब बाँकीमा छलफल गरेर सहमति गरिने र उनीहरूले माग गरेका सूचना दिन मिल्ने जति कुरामा सूचना दिन्छौं ।’
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

