धनगढी । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । सोमबार जंगली हात्तीको आक्रमणबाट बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्यको मृत्यु भएको हो ।
साइकल चढेर बुटावारीबाट ढक्का शिविरतर्फ आइरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।
उनले भने ‘बेलौरी नगरपालिका–५ बन्तरियास्थित बेलौरीबाट ढक्का शिविर जाने पक्की सडकखण्डमा साइकलसँगै आचार्यको शव फेला परेको हो ।’ प्रहरी नायव उपरीक्षक बोहराका अनुसार खोजतलास गर्ने क्रममा पुष्पलाल स्मृति सामुदायिक बनमा आचार्यको शव भेटिएको हो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

