संजीवनी मोबाइल ग्यालरीले नयाँ भवनबाट सेवा दिने ,अनलाइन सेवा पनि विस्तार गर्ने

संजीवनी मोबाइल ग्यालरीले नयाँ भवनबाट सेवा दिने ,अनलाइन सेवा पनि विस्तार गर्ने Ramaroshan
२०८२ कार्तिक ०४ गते
संजीवनी मोबाइल ग्यालरीले नयाँ भवनबाट सेवा दिने ,अनलाइन सेवा पनि विस्तार गर्ने

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क नजिकै रहेको संजीवनी मोबाइलले नयाँ मोबाइल ग्यालरी सञ्चालनमा ल्याएको छ। आज एक कार्यक्रम गरेर नयाँ मोबाइल ग्यालरी सञ्चालनमा ल्याएको हो।

मोबाइल ग्यालरीका संरक्षक नरबहादुर बम तथा योग गुरु लवदेव मिश्रले संयुक्त रुपमा नयाँ मोबाइल ग्यालरीको उद्घाटन गरेका हुन्। कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझा, पत्रकार महासंघका कैलाली अध्यक्ष श्रवण देउवा, मोबाइल महासंघका सुदूरपश्चिम अध्यक्ष सुरेश सापकोटा लगायतको उपस्थिति रहेको थियो।

१८ वर्षदेखि धनगढीमा ग्राहकलाई सेवा दिइरहेको संजीवनी मोबाइल ग्यालरीले हाल २१ जना कर्मचारीलाई नियमित रोजगारी दिइरहेको सञ्चालक सुभाष बमले बताए। ग्राहको माया र सन्तुष्टि तथा कर्मचारीहरूको इमानदारीले गर्दा व्यवसायमा सफलता मिलेको उनले बताए।

मुख्य पुँजीलाई चलाउने भन्दा त्यसबाट आउने मुनाफालाई मात्र आफ्नो पैसा मान्दै मोबाइलको खरिदबिक्री गर्ने भएकाले ग्राहकको विश्वास जित्न सफल भएको सञ्चालक बमले बताए। उनले ग्राहकहरूले २४ सैं घण्टा सेवा दिने उद्देश्यले अनलाइन सेवा विस्तार गर्ने योजना समेत रहेको बताए। ‘हामीले ब्राण्डेड मोबाइल र उपकरण बिक्री गर्दै आएका छौँ। ग्राहकको सन्तुष्टि र कर्मचारीको लगनशीलताको प्रतिफल नै हाम्रो सफलता हो,’ उनले भने, ‘व्यापारसँगै विश्वास पनि जित्ने र कारोबार गर्ने हाम्रो नारा नै छ। हामी २४ सैं घण्टा हाम्रा ग्राहकलाई सेवा दिने सोचिरहेका छौँ। धनगढी र आसपासको क्षेत्रमा होम डेलिभरी नै गर्ने योजना छ।’

संजीवनी मोबाइलले नयाँ र अत्याधुनिक भवन निर्माण गरेर मोबाइल ग्यालरी विस्तार गरेको हो। भवन उद्घाटनको अवसरमा विभिन्न कर्मचारीलाई सम्मान गरिएको छ। लामो समयदेखि कार्यरत कर्मचारी दिनेश ओली, लक्ष्मीप्रसाद चौधरी, जयबहादुर भुल र भरत ओझालाई सम्मान गरिएको हो। यस्तै, भवन निर्माण समय अगावै सम्पन्न गर्न प्रमुख भूमिका निर्वाह गरेको भन्दै हेड मिस्त्री छुटुलाल चौधरी, मजदुर अनुपा चौधरी, आशा चौधरी, पार्वती चौधरीलाई मोबाइल ग्यालरीको तर्फबाट स्मार्ट फोन उपहार दिइएको हो ।