विपिनको परिवारलाई पनि सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने

विपिनको परिवारलाई पनि सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने Ramaroshan
२०८२ कार्तिक ०४ गते
विपिनको परिवारलाई पनि सुदूरपश्चिम सरकारले दुई लाख सहयोग गर्ने

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई पनि दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिकाका जोशीको परिवारलाई पनि प्रदेश सरकारले मानविय सहायता स्वरुप दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ ।मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार जोशीको परिवारलाई सहयोग गरिने बताए ।

सरकारले त्यो बेला जोशीसहित हमासको आक्रमणमा ज्यान गुमाएका अन्य विद्यार्थीका परिवारका सदस्यतलाई पनि जनही २//२ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।