विपिन जोशीकोे शव लगियो गृह जिल्ला कञ्चनपुरमा

विपिन जोशीकोे शव लगियो गृह जिल्ला कञ्चनपुरमा Ramaroshan
२०८२ कार्तिक ०४ गते
विपिन जोशीकोे शव लगियो गृह जिल्ला कञ्चनपुरमा

धनगढी। हमासले हत्या गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका –३ का विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर लगिएको छ ।

नेपाली सेनाको स्काइ ट्रकमार्फत कामाडौंबाट धनगढी ल्याइएको विपिनको शव नेपाल प्रहरीकोे स्कर्टिङमा उहाँको घरमा लगिदैँछ । धनगढी उपमहानगरपालिकाको शव बाहनमा घरतर्फ लगिदैँ गरेको शव कञ्चनपुरको गुलरिया पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

२०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएको विपिनको हत्या गरिएको थियो । उहाँको शव आइतबार इजरायलले नेपालतर्फ पठाएको थियो । दुई वर्षसम्म जीवित रहेको र सकुशल फर्कने आश गरिएको विपिनको लक्ष्मी पूजाको दिन शव आएपछि पूरै देश नै स्तब्ध भएको छ ।