राष्ट्रिय सम्मानसहित महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि

राष्ट्रिय सम्मानसहित महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि Ramaroshan
२०८२ कार्तिक ०५ गते
राष्ट्रिय सम्मानसहित महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि

कञ्चनपुर। कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा  अन्त्येष्टि गरिएको छ ।  विपिनको अन्तिम श्रद्धाञ्जलीका लागि भुजेलाघाटमा  राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । 

स्थानीय तहका जनप्रतिनिधि, नेता कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी स्थानीय, परिवारजन तथा शुभेच्छुकलगायतले दिवङ्गत विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

राष्ट्रिय सम्मानका साथ चितामा दागबत्ती दिएर शवको अन्त्येष्टि गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । भुजेलाघाटमा इजरायली राजदूत, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय, आफन्त, परिवारजन, कूटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित छन् ।

“सिक्दै सिकाउँदै” कार्यक्रमअन्तर्गत विसं २०८० असोजमा इजरायल गएका विपिनको हमास र इजरायलबिच भएको द्वन्द्वमा परी ज्यान गएको थियो । दुई वर्ष पहिले नै ज्यान गुमाएका विपिनको कूटनीतिक पहल हुन नसक्दा असोज २७ गते मात्रै परिवारलाई जानकारी गराइएको थियो ।