धनगढी – कैलालीको टीकापुर र कञ्चनपुरको दोधार चाँदनीबाट २२ जना जुवाडे पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ ब्लक न।१२ स्थित जनक शाहको घरमा जुवा तास खेलिरहेका टीकापुर नगरपालिका–१ बस्ने ५८ वर्षीय जनक शाहसहित १० जना पक्राउ परेका छन्। उनीहरूको साथबाट नगद १ लाख १३ हजार ६ सय बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै दोधारा चाँदनी नगरपालिका–३ देबिस्थान स्थित डम्बर दमाईको स्टोर कोठामा तास खेलिरहेका ४ जना पक्राउ परेका छन् । । चारै जनाको साथबाट २१ हजार ८७५ र १ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
चाँदनी नगरपालिका–१ पशुपति टोलमा रहेको दिनेशबहादुर बमको नास्ता पसलबाट बमसहित ८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट नगद ३० हजार ९३५ र २ गड्डी तास बरामद गरिएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

