नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि हुने

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि हुने Ramaroshan
२०८२ कार्तिक १२ गते
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि हुने

काठमाडौं : नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि (बुधबार) हुने भएको छ। यसअघि बिहीबार हुने भनी तय गरिएको मैत्रीपूर्ण खेल एक दिन अगाडि सारिएको हो। 

नेपालकी कप्तान सावित्रा भण्डारीसहित एन्जिला तुम्बापो सुब्बा र प्रिती राईले यो खेल गुमाउने भएका छन्।  सावित्रा भण्डारी र एन्जिला तुम्बापो सुब्बा आफ्नो व्यवसायीक फुटबल खेल्न क्लबमा फर्किएका हुन् भने प्रिती झापा गोल्ड कपका लागि झापा आएकी हुन्। 

मैत्रीपूर्ण खेल सिक्किममा हुँदैछ। खेलले फिफा अन्तर्राष्ट्रियको मान्यता भने पाएको छैन।