बैतडी - बैतडीको डिलासैनी र शिवनाथ गाउँपालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । डिलासैनी गाउँपालिका-७ ढाँणकी ५८ वर्षीय हरुली कार्कीको र शिवनाथ गाउँपालिका-५ बारुलोजनीका ६१ वर्षीय ईन्द्रसिंह साउदको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कायालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
कार्की बुधबार दिउँसो ४ बजेतिर घर नजिकैको फाग्लाबाट खर काटने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै बुधबार साँझ शिवनाथ मन्दिरमा लागेको जात्रा (मेला) हेरेर घर फर्किने क्रममा भिरबाटै लडेर साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याललय बैतडीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

