धनगढी । कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ परेका छन्। बेलडाँडी गाउँपालिका–२ क्याम्पबाट बेलौरी नगरपालिका–९ अण्डैया बस्ने २४ वर्षीय अरुण राना, भीमदत्त नगरपालिका–१८ सालघारी बस्ने २५ वर्षीय शेखर प्रसाद जोशी र भीमदत्त नगरपालिका–१५ निम्बुखेडा बस्ने २० वर्षीय ज्ञानु पाली पक्राउ परेका हुन्।
म २ प ३५६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा २।२६ ग्राम लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

