धनगढी । कैलालीसहित तराईमा कात्तिकमै बाक्लो हुस्सु लागेको छ । आइतबार बिहानैदेखि हुस्सु लागेको हो । मोन्था आँधीको असरले केही दिन मौसममा बदली भए पनि सुदूरपश्चिम प्रदेशको तराईमा हल्कामात्रै वर्षा भएको थियो ।
मौसममा सुधार हुँदै गएपछि बाक्लो हुस्सु लाग्न सुरु भएको छ । हुस्सुका कारण सवारी साधन दुर्घटनाकोे जोखिम पनि बढेको छ ।

हुस्सु लागेसँगै विस्तारै चिसो पनि बढ्ने धनगढी उपमहानगरपालिका–८ का विवश चौधरीले बताउनुभयो । “आज त खासै चिसो महसुस भएको छैन”, मर्निङ वाक गर्दै गरेको अवस्थामा भेटिनु भएका उहाँले भन्नुभयो, “तर यस्तै रह्यौ भने अब चिसो बढ्दै जान्छ ।”
मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको अकितम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसको बिचमा रहेको छ ।




सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

