कैलालीमा दुई लाख २९ हजार मेट्रिक टन मात्रै उत्पादन, सात प्रतिशतले घट्यो
धनगढी । यस वर्ष कैलालीमा धानको उत्पादन घटेको छ । गत वर्ष जिल्लामा २ लाख ४६ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष घटेर २ लाख २९हजार २सय ४५ मेट्रिक टन मात्रै उत्पादन भएको छ ।
यस बर्ष ५ देखि ७ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर बिष्टले बताए । उनले भने ‘पर्याप्त वर्षा नहुँदा समयमै रोपाई हुन सकेन, त्यसका कारण उत्पादनमा असर पुगेको छ । विद्युतको पावर अभावका कारण पम्पबाट पानी तानेर रोपाई गर्न सकिने अवस्था थिएन।’
धान रोपिसकेपछि किसानहरूले पर्याप्त मल नपाएका कारण पनि उत्पादन घटेको उनले बताए । उनले भने‘लामो समय खडेरी र दोस्रोपटक पनि मलको अभावले उत्पादनमा गिरावट आएको हो।’ कैलालीमा ९३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ७२ हजार ५सय हेक्टरमा धान खेती गरिन्छ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

