कैलालीमा थपिए १ हजार ८ सय ४८ नयाँ मतदाता

कैलालीमा थपिए १ हजार ८ सय ४८ नयाँ मतदाता Ramaroshan
२०८२ कार्तिक २० गते
कैलालीमा थपिए १ हजार ८ सय ४८ नयाँ मतदाता

धनगढी । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कैलालीमा १ हजार आठ सय ४८ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले असोज ९ देखि कात्तिक २८ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सूचना जारी गरेपछि जिल्लामा उत्साहजनक सहभागिता देखिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका सुचना अधिकारी राजेश चौधरीले बताए ।

अहिले जिल्लामा कुल मतदाता संख्या ५ लाख ३४ हजार ८६४ पुगेको छ। यसमा महिला मतदाता २ लाख ७३ हजार ३३४ र पुरुष २ लाख ६१ हजार ५१८ जना छन्। अहिले मतदाताको संख्या अझ वृद्धि हुने अनुमान गरिएको चौधरीले बताए। २०७८ सालको जनगणना अनुसार जिल्लाको जनसंख्या २६ लाख ९४ हजार ७८३ रहेको छ।