सुदूरपश्चिम विश्वविद्यालयका डिन डा. हेमनाथ जोशीको गाडी लुटपाट प्रकरण सार्वजनिक
धनगढी । सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा. हेमनाथ जोशीले प्रयोग गर्ने गाडी लुटिएको खबर अहिले सार्वजनिक भएको छ। डा. जोशीले चढ्ने बा २ झ २८५९ नम्बरको सेतो स्कारपियो गाडी गत भदौ २५ गते लुटिएको भए पनि उक्त घटना हाल मात्र सार्वजनिक भएको हो। डा. जोशीको निजी निवास धनगढी उपमहानगरपालिका–५, हसनपुरबाट भदौ २५ गते दिउँसो करिब १२ बजे मुखमा मास्क लगाएका आठजनाको समूहले गाडी लुटेर लगेका थिए।
घटनापछि डा. जोशीले तत्कालै कैलाली जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएका थिए। प्रहरीले उक्त लुटपाट “योजनाबद्ध र असामान्य प्रकृतिको” भएको बताउँदै घटनामा संलग्न व्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ। तर, गाडी र लुट्ने समूहको अहिलेसम्म पहिचान खुलेको छैन।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

