धनगढी । कैलालीबाट प्रहरीले ६ जना जुवाडे पक्राउ गरेको छ । गयराती साढे १ बजेको समयमा भजनी नगरपालिका १ भजनी बजारमा ४४ वर्षीय को राजु चौधरीले सञ्चालन गरेको मोनिस्का होटलबाट ६जुवाडे पक्राउ परेका हुन ।
गोप्य सूचनाको आधारमा खानतलासी गर्दा होटलको दोस्रो तलामा जुवा तास खेलिरहेको अवस्थामा सञ्चालक चौधरी सहित ६ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनीहरूको साथबाट ८३ हजार रुपैयाँ नगद र २ गड्डी तास बरामद गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

