डडेल्धुरामा विकास बजेटका विषयमा यथार्थ बुझिदिन डडेल्धुरा उद्योग वाणिज्य संघको आग्रह

डडेल्धुरामा विकास बजेटका विषयमा यथार्थ बुझिदिन डडेल्धुरा उद्योग वाणिज्य संघको आग्रह Ramaroshan
२०८२ कार्तिक २२ गते
डडेल्धुरामा विकास बजेटका विषयमा यथार्थ बुझिदिन डडेल्धुरा उद्योग वाणिज्य संघको आग्रह

धनगढी । डडेल्धुराको विकास बजेट रोकिएको भन्ने चर्चा चलेपछि डडेल्धुरा उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय मार्फत स्पष्टिकरण माग गरेको छ । चालु आर्थिक वर्षका लागि संघीय सरकारले विनियोजन गरेको डडेल्धुराको विकास बजेट रोकिएको चर्चा चलेपछि संघले जिल्ला प्रशासन कार्यालयमार्फत स्पष्टिकरण माग गरेको हो ।

संघले पत्र बुझाउदै डडेल्धुराको विकास बजेट रोकिएको वा नरोकिएको विषयामा यथार्थ विवरण माग गरिदिन आग्रह गरेको छ । संघका अध्यक्ष द्धिजराज भट्टद्धारा हस्ताक्षरित निवेदनमा बजेटको कार्यान्वयन गर्ने निकायहरु सँग यथार्थ विवरण माग गरि सहयोग गरिदिन हुन भनिएको छ ।

‘संघीय सरकारबाट डडेल्धुराका लागि विनियोजित भई रातो किताबमा समेत प्रकाशित भएका विकास निर्माणका आयोजनाहरुको बोलपत्र प्रकाशित भई मुल्यांकन प्रक्रियामा रहेको छ’ निवेदनमा भनिएको छ ‘बोलपत्र प्रकाशितको चरणमा रहेका विकास निर्माणका आयोजनाहरु बर्तमान सरकारबाट बजेट रोक्का गरिएको भन्ने सुनिन आएकोले, सो कार्यबाट डडेल्धुरा जिल्लाको समग्र विकास निर्माण कार्यमा प्रत्यक्ष असर परेको हुनाले, सो सम्बन्धमा यस जिल्लाका लागि विनियोजित भएका विकास निर्माण आयोजनाहरु बजेट रोक्का भएको हो वा होइन, बजेटको कार्यान्वयन गर्ने निकायहरु सँग यथार्थ विवरण माग गरि सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ ।’

उद्योग वाणिज्य संघको मागपछि निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले विकास सम्बन्धी निकायहरूसँग समन्वय गर्दै आवश्यक विवरण संकलन गरी जानकारी गराइने बताएकी छिन् ।