कञ्चनपुरबाट अबैध भन्सार छलिका सामान बरामद

कञ्चनपुरबाट अबैध भन्सार छलिका सामान बरामद Ramaroshan
२०८२ कार्तिक २६ गते
कञ्चनपुरबाट अबैध भन्सार छलिका सामान बरामद

धनगढी । कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले २ लाख ४६ हजार ६०० रुपैया बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्लाको भीमदत्त नगरपालिका– ११ भुजेला, बेलौरी नगरपालिका– ६ भुरोकोट र दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलबाट भन्सार छलीका सामान बरामद गरिएको हो ।
बरामद गरिएका सामानहरुमा बिडी, युरिया मल, मोबाइल कभर, हाडवेयर, किराना लगायतका सामानहरु रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।