धनगढी । कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ दैजीस्थित शंकर इँटा भट्टा नजिक सडकको कल्भर्ट भित्र मङ्गलबार बिहान बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको हो ।
पूर्व–पश्चिम राजमार्ग जाने सडकको कल्भर्ट भित्र सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।
सडक छेउमा गन्ध आएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले बेवारिसे अवस्थामा फेला परेको शव निकाल्ने कार्य गरिरहेको प्रनाउ बोहराले बताउनुभयो । मृतको परिचय भने खुल्न बाँकी रहेको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

