कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक किलो चाँदीसहित ४ नेपाली पक्राउ
धनगढी, २५ कार्तिक / कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक किलो चाँदीसहित ४ नेपाली पक्राउ परेका छन् । ६१६.९ ग्राम (५२.९ तोला) सुन र ७८०.८ ग्राम चाँदीसहिच ४ नेपाली पक्राउ परेका हुन ।
भारतको क्राइम ब्रान्च महाराष्ट–बाट खटिएको प्रहरीको टोलीको सहयोगमा बिओपी गौरीफन्टा चेक पोष्टबाट सुन र चाँदी सहित २५ वर्षीय दीपक नरसिहं, ३७ वर्षीय भुवनसिंह चलाउने, ४७ वर्षीय जीवनकुमार थारु र ५६ वर्षीय खेमराज कुलपति देवकोटालाइ पक्राउ गरेको जनाएको छ ।
उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन ।उनीहरुले महाराष्ट्रबाट सुन र चाँदी चोरी गरेर ल्याएको आरोप छ । चारै जनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले जिल्ला खिरी पठाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

