धनगढी । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । जिल्लाको आलिताल गाउँपालिका– ८ मा शनिबार राती १० बजेतिर ट्याक्टर दुर्घटना भएको हो ।
सोही वडाको गोदाम बजारबाट बाहिरीसैनतर्फ जादै गरेको भे १ त ७८५४ नम्बरको ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका आलिताल–५ बाहिरीसैनका २७ वर्षीय भरत रावतलाई उपचारका लागि जोगबुढा अस्पताल पु(याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका छन् ।
ट्याक्टरमा चालकसहित पाँच जना सवार थिए । तीमध्ये घाईते १९ वर्षीय पवन बि।क। र २५ वर्षीय तिलक चोखाल जोगबुढा अस्पतालमा उपचाररत छन् । २४ वर्षीय सन्तोष रोकालाई भने थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक २७ वर्षीय योगेन्द्र घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

