धनगढी । जेनजी आन्दोलनको क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । अदालतले दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई धनगढीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का ३० वर्षीय अमन केसी, २४ वर्षीय आशिष भण्डारी र बैतडीको पुर्चौडी घर भइ धनगढी उपमहानगरपालिका–३ मै बस्दै आएका २४ वर्षीय भरत बम रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
धनगढी उपमहानगरपालिका–१ मा रहेको कैलाली जिल्ला अदालतमा भदौ २४ गते आगजनी र तोडफोड भएको थियो । आगजनीबाट अदालतमा रहेको २००७ सालदेखिका मिसिलहरू जलेर नष्ट भएका छन् । यसैगरी, कम्प्युटर लगायतका सूचना प्रविधिका विभिन्न सामग्रीमा क्षति भएको थियो ।
घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै अदालतले दिएको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताउनुभयो । उहाँले अहिलेसम्म अरू सरकारी कार्यालयहरूले भने जाहेरी नदिएको उल्लेख गर्नुभयाे । “अहिलसम्म हामी कहाँ जाहेरी आएको अदालतकोमात्रै हो” सिंहले भन्नुभयो,“जाहेरी परेपछि आरोपितलाई पक्राउ गरेका छाैं ।"
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

