काठमाडौँ।आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा यो दिवस मनाइन्छ।
निर्णय प्रक्रिया, जनमत निर्माण, शान्ति–सुरक्षा तथा विकासमा टेलिभिजनको बढ्दो भूमिकालाई मान्यता दिँदै राष्ट्रसङ्घ महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव पारित गरी यो दिवस मनाउन सुरु गरेको हो।
टेलिभिजन सूचना आदानप्रदान, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने तथा सार्वजनिक धारणा निर्माणमा प्रभावकारी माध्यम मानिन्छ।
यसै सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले सन् १९९६ नोभेम्बर २१–२२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरी बदलिँदो विश्वमा टेलिभिजनको भूमिका र अन्तरराष्ट्रिय सहकार्य विस्तारबारे छलफल गरेको थियो। त्यसयता प्रत्येक वर्ष नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

