युवासंघ र जेन्जीबिच झडप, केही घाइते

युवासंघ र जेन्जीबिच झडप, केही  घाइते Ramaroshan
२०८२ मङ्गसिर ११ गते
युवासंघ र जेन्जीबिच झडप, केही  घाइते

धनगढी । धनगढीमा नेकपा (एमाले) का नेता महेश बस्नेत पुग्दा केही तनाव भएको छ । बस्नेतको विरोधमा जेनजीहरु प्रदर्शन गरेपछि अवस्था केही तनावपूर्ण बनेको हो । 

नेता बस्नेतको विरोधमा धनगढीको जेन–जी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । एमाले पोलिटव्यूरो सदस्य नेता बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लग्नेक्रममा जेनजी मार्गनजिकमा जेनजी युवा र एमालेको भातृसंगठन युवाबिच सामान्य झडप भएको थियो । प्रहरीको सुरक्षा घेरामा रहेका केहि जेनजीहरुलाई समान्य चोटपटक लागेको जेनजी नेताहरुले बताएका छन् ।

सो क्रममा धनगढी  –४ की जेनजी अगुवा सरिता जोशीसंगै केही युवाहरु घाइते भएका छन्। उहाँको हातमा चोट लागेर अस्पतालमा उपचार भइरहेको छ।  जेनजीहरुले विभिन्न नारा लगाउँदै नेता बस्नेतको विरोध गर्नुभएको थियो । धनगढीमा आयोजित युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न बस्नेत कैलाली पुग्नुभएको हो ।