जातिय भेदभाव मुद्दाका फरार प्रतिवादी पक्राउ

जातिय भेदभाव मुद्दाका फरार प्रतिवादी पक्राउ Ramaroshan
२०८२ मङ्गसिर १२ गते
जातिय भेदभाव मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेल्धुरा – डडेल्धुराबाट जातिय भेदभाव मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले जातिय विभेद भेदभाव मुद्दामा २ महिना १४ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको भागेश्वर गाउँपालिका–४ बस्ने ४२ वर्षीय लाल सिंह भाट पक्राउ परेका हुन्।
भाटलाई बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।