बैतडी– बैतडीबाट नेकपा एमालेको ११औ महाधिवेशनका लागि १५ जना प्रतिनिधि सर्वसम्मत छनौट भएका छन । एमाले बैतडीको शनिबार बसेको बैठकले महाधिवेशनका लागि १५ जना प्रतिनिधि सर्वसम्मत छनौट गरेको हो ।
एमाले जिल्ला उपाध्यक्ष लोकेन्द भण्डारीले ११औ महाधिवेशनका लागि जिल्लाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरिएको जानकारी दिए । जिल्लाबाट खुल्ला कलस्टरमा सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारालाई छनौट गरिएको छ भने महिला कलस्टरमा धाना धामी, शकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोलीलाई छनौट गरिएको उपाध्यक्ष भण्डारीले बताए ।
यसैगरी दलित कलस्टरमा नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्कीलाई युवा कलस्टरबाट गोविन्द गिरीलाई प्रतिनिधि छनौट गरिएको उनले बताए ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

