धनगढी । कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–५ गेटाको भित्री सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ बस्ने ४४ वर्षीय पतिराम डगौराले चलाएको से १ क ११८२ नम्बरको श्री बिद्याभुषण पब्लिक स्कुलको बसले सोहि दिशा तर्फ जाँदै गरेको साइकल यात्री गोदावरी नगरपालिका–५ बस्ने १३ वर्षीय अनुप महरालाई शनिबार ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियो ।
घाइते महरालाई उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा सोही दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

