गोदावरीमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

गोदावरीमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै Ramaroshan
२०८२ मङ्गसिर १७ गते
गोदावरीमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

धनगढी । कैलालीको गोदावरीमा आजदेखि १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु हुँदै छ । गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी नमूना माविमा प्रतियोगिता सुरु हुन लागेको हो ।

प्रतियोगिताको बिहान ८ बजे गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मंसिर १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, उफ्रने र फ्याँक्ने ९हाई जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो०, मार्सल आर्ट ९कराँते, तेक्वान्दो, उसु० खेल खेलाइने जनाइएको छ ।