धनगढी । कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ । घोडघोडी नगरपालिका–२ स्थित घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट स्थानीय ८ वर्षीय गोबिन्द बिष्टको मृत्यु भएको हो ।
बालकको आफैले अध्ययन गर्ने बौनियाको सनराइज बोर्डिङ स्कुलको मप्र०३–००१ क २९४१ नम्बरको बसले ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।साडेपानी बस्ने ५७ वर्षीय भागी राम चौधरीले चलाएको उक्त बसले सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत बालकलाई ठक्कर दिएको थियो ।
विद्यालयबाट बिदा भएर बसमार्फत घरतर्फ ल्याइएका बालकलाई बसबाट झर्ने क्रममा बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

