कृष्णपुरबाट २ किलो चरेस सहित एक महिला पक्राउ

कृष्णपुरबाट २ किलो चरेस सहित एक महिला पक्राउ Ramaroshan
२०८२ पौष ०८ गते
कृष्णपुरबाट २ किलो चरेस सहित एक महिला पक्राउ

धनगढी ।  कञ्चनपुरको कृष्णपुरबाट २ किलो ३ सय ग्राम लागू औषध चरेस सहित एक महिला पक्राउ परेकी छिन । कृष्णपुर नगरपालिका – ४ त्रिवेणी चोकबाट ३५ वर्षीय लक्ष्मी देवी दौल्याल पक्राउ परेकी हुन ।

उनले सञ्चालन गरेको खुद्रा पसलमा शंका लागि चेकजाँच गर्दा पसलमा लुकाई छिपाई राखेको अवस्थामा चरेस बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको सयूक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

यस्तै भीमदत्त नगरपालिका – १८ सदाबहार टोलबाट मोहित भट्टको कोठामा बस्ने अभिसेक अवस्थीको साथबाट १ ग्राम ४१ मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको छ । प्रहरीले दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।