धनगढी । चिसोले कैलालीसहित तराईको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको हो ।
चिसोले बालबालिका, वृद्धवृद्धा, विपन्नलगायत प्रभावित भएका छन् । मान्छेलाई बाहिर हिँडडुल र नियमित कामकाज गर्न समस्या भएको छ । चिसो बढेपछि बिहानै विद्यालय जाने विद्यार्थीलाई धेरै समस्या भइरहेको धनगढी उपमहानगरपालिका–१, शिवनगरका रमेश भट्टराईले बताउनुभयो । अत्यधिक चिसो भएमा बालबालिकालाई चिसोबाट जोगाउन विद्यालयले चार/पाँच दिन बिदा दिए पनि हुने उहाँको भनाइ छ । यहाँ बिहानैदेखि हुस्सुसँगै शीत झरिरहेको छ । हुस्सुका कारण दिनभरि घाम लाग्न सकेको छैन ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

