सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट कार्य सम्पादन गरेका दुई प्रहरी सम्मानित

सुदूरपश्चिम प्रदेशमा  उत्कृष्ट कार्य सम्पादन गरेका दुई प्रहरी सम्मानित Ramaroshan
२०८२ पौष ०९ गते
सुदूरपश्चिम प्रदेशमा  उत्कृष्ट कार्य सम्पादन गरेका दुई प्रहरी सम्मानित

धनगढी ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेका दुई प्रहरीलाई सम्मान गरेको छ । 

प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक लोकेन्द्रबहादुर चन्द र प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेशराज भट्टलाई सम्मान गरेको हो । उनीहरु दुवै जनालाई मङ्सिर महिनाको पुलिस अफ द मन्थ घोषित गरिएको छ । 

हत्या घटनाको चन्दले उत्कृष्ट अनुसन्धान गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बर्दियाको राजापुर नगरपालिका–४, राजापुर गाउँमा २८ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरिएको थियो । सो घटनाका मुख्य अभियुक्त दाङका ५० वर्षीय महावीर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका–५ नयाँ बैजपुरमा लुकिछिपी बसेको अवस्थाबाट पक्राउ गरिएको थियो । उनको साथबाट हत्यामा प्रयोग भएको पेस्तोल र दुई राउण्ड गोलीसमेत बरामद गरिएको थियो । 

यसैगरी प्रहरी सहायक निरीक्षक भट्टले सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षकबिच भएको वार्षिक कार्य सम्पादन सम्झौता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको छ । साथै भट्टले प्रदेशमा घटेका अपराधहरुको तथ्याङ्क विश्लेषण गरी कार्ययोजना निर्माणमा योगदान पु¥याएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

नेपाल प्रहरी सङ्गठनले सुम्पिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ भइ सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा पु¥याएको योगदानको उच्च कदर गर्दैै दुवै जनालाई पुलिस अफ द मन्थ घोषणा गरिएको प्रदेश प्रहरी प्रमुख ओमबहादुर रानाले बताउनुभयो ।