कैलालीमा आयोजना हुने U–१६ फुटबल प्रतियोगिताका लागि चुरेबाट खेलाडी छनोट हुँदै

कैलालीमा आयोजना हुने U–१६ फुटबल प्रतियोगिताका लागि चुरेबाट खेलाडी छनोट हुँदै Ramaroshan
२०८२ पौष ०९ गते
कैलालीमा आयोजना हुने U–१६ फुटबल प्रतियोगिताका लागि चुरेबाट खेलाडी छनोट हुँदै

धनगढी । आगामी  BADRI–KUNTA MEMORIAL DISTRICT LEVEL U-16 SMART GENERATION CHAMPIONSHIP २०२५ मा सहभागी  हुन चुरे गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट प्रक्रिया सुरु हुने भएको छ। कैलाली जिल्ला फुटबल संघको आयोजनामा पुस १८ गते देखी माघ २६ गते सम्म नॉकआउट प्रणालीमा हुने प्रतियोगिताका लागि खेलाडी छनोटको लागी मिति र स्थान सार्वजनिक गरिएको छ ।

चुरे गाउँपालिका वडा नं. ३ मा रहेको बसर युवा क्लबले गाउँपालिकाको तर्फबाट प्रतियोगितामा सहभागिता जनाउने भएकाले, गाउँपालिकाभित्रका प्रतिभावान U–१६ खेलाडीलाई छनोटमा सहभागी हुन आग्रह गरिएको सूचनामा उल्लेख गरिएको छ।

सूचना अनुसार पहिलो चरणको छनोट कार्यक्रम २०८२ पुस १० गते शिव माध्यमिक विद्यालय किम्तोला तथा शुक्र माध्यमिक विद्यालय खानीडाडा, मेलकटेश्वर बयालामा हुने भएको छ भने दोस्रो चरणको छनोट कार्यक्रम २०८२ पुस ११ गते जगातीमा आयोजना हुनेछ। इच्छुक खेलाडीलाई तोकिएको समय र स्थानमा अनिवार्य रूपमा उपस्थित रहन अनुरोध गरिएको छ।