चिसोले जनजीवन कष्टकर बनेपछि कैलालीको धनगढी बजारसहित विभिन्न पालिकामा चोक चोकमा आगो बालिएको छ ।
सर्वसाधारणले आगोे ताप्नका लागि सशस्त्र प्रहरीले विभिन्न चोकहरूमा आगो बालेको हो । पछिल्लो केही दिनयता अत्यधिक चिसो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको छ । चिसोका कारण मान्छेलाई दैनिक कामकाज गर्नसमेत समस्या भइरहेको छ ।
चिसोका कारण जनजीवन कष्टकर बन्न थालेपछि आगो ताप्नका लागि डिभिजन वन कार्यालयले निःशुल्क काठ वितरण गरिरहेको छ । सर्वसाधारणलाई चिसोबाट जोगाउनका लागि निःशुल्क दाउरा वितरण गरिरहेको डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताउनु भयो ।
सामुदायिक वनहरूसँग समन्वय गरेर वनले दाउरा वितरण गरेपछि सशस्त्र प्रहरीले जिल्लाकोे विभिन्न पालिकामा आगो बाल्ने काम गरिरहेको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

