पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने तयारीमा छौं: गगन थापा

पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने तयारीमा छौं: गगन थापा Ramaroshan
२०८२ पौष १६ गते
पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने तयारीमा छौं: गगन थापा

काठमाडौं, १६ पुस / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्त भित्र पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको जानकारी दिएका छन्। थापाले राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजको जिम्मेवारी भएको बताएका छन्।

उनीहरूले सम्पूर्ण कांग्रेस कार्यकर्तालाई एकताबद्ध भएर विशेष महाधिवेशनको लागि हातेमालो गर्न आह्वान गरेका छन्।

मेलमिलाप दिवसको शुभकामना दिँदै उनले राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजको जिम्मेवारी भएको बताउँदै उनले विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको बताएका हुन् ।

महामन्त्री  थापाले सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरेका छन्।’