बाजुरामा बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन

बाजुरामा बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन Ramaroshan
२०८२ पौष १७ गते
बाजुरामा बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन

बाजुरामा कृषि ज्ञान केन्द्रले स्याउ बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८२-०८३ को वार्षिक कार्यक्रम अन्तर्गत यहाँका स्याउ सुन्ताल र ओखर किसान खेती गर्दै आएका किसानलाई फलफूल खेती उत्पादन तथा वृद्धि विकासमा सहज हुने कृषि ज्ञान केन्द्र बाजुराले कार्यक्रम सञ्चालन गरेको हो । 

किसानले लगाएको स्याउ, सुन्तला र ओखरमा लाग्ने रोग हट्ने र उत्पादन पनि राम्रो हुने गरेकोले यहाँका किसानका लागि सहज हुने गरी बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । 

हामीले लगाउँदै गरेको स्याउ एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने गर्छन् । यही समस्याको समाधान हुने गरी कृषि ज्ञान केन्द्र बाजुराले यो कार्यक्रम सञ्चालन गरेको बुढीनन्दा नगरपालिका–९ का स्थानीय स्याउ किसान मानबहादुर रावतले बताउनु भयो । उहाँले भन्नुभयो, “बगैँचा सुदृढीकरण तथा व्यवस्थापनका लागि आवश्यक चाहिने बोर्डपेस्टर, सिकेचर र भर्‍याङ लगायतका सबै सामग्रीसहित कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको छ ।”

फलफुल खेती काँटछाँट तथा रोगलाई कसरी नियन्तरण गर्ने जस्ता कुराको जानकारीका लागि समेत एक महिना सम्म तालिम दिने गरेपछि फलफूल खेती गर्न निकै सहज हुने भएको रावतले बताउनु भयो । कृषि ज्ञान केन्द्र बाजुराले यहाँको ९ वटै स्थानीय तहमा रहेका स्याउ, सुन्तला र ओखर उत्पादन गर्दै आएका किसानलाई काँटछाँट र पेस्ट लगाउने तरिकाका बारेमा एक महिने तालिम सञ्चालन गरिएको छ । 

स्याउ किसानलाई बगैँचा सुदृढीकरण तथा व्यवस्थापन गर्ने कुनै अनुभव नहुँदा यो भन्दा पहिला उनीहरूले लगाउँदै आएका स्याउ, सुन्तला र ओखर कहिले फल्ने कहिले नफल्ने र कम फल्ने र बिरुवा सुक्ने रोग लाग्ने गरेको थियो । 

ज्ञान केन्द्र बाजुराले उनीहरूको यो समस्या समाधान गर्ने हुने गरी यती बेला यो कार्यक्रम सञ्चालन गर्दै आएसँगै अहिले यहाँका किसानले लगाउँदै आएका स्याउ सुन्तला र ओखरमा रोग नलाग्ने प्रत्येक वर्षमा फल्ने आसमा रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनु भयो । उहाँले भन्नु भयो,“ यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा बडीमालिका, गौमुल बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका किसानले पछिल्लो समय स्याउ सुन्तला र ओखर खेती गर्दै आएका छन् । 

यो अभियानले यहाँका स्याउ तथा सुन्तला खेती गरिरहेका कृषकलाई फलफूल उत्पादनमा सहज हुन्छ । पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्ट पछि छिटोछिटो पात झरेर बगैँचाका बोटहरू पतझड जस्तै बनेका छन् । अहिले स्याउका बोटमा पात झरेर उजाड बनेका बेला यो कार्यक्रम सञ्चालन गर्दा राम्रो हुन्छ । सामान्यतया यहाँ स्याउ बगैँचा व्यवस्थापन पुस र माघको महिना गरिन्छ । 

बाजुरामा चार सय दस हेक्टर जमिनमा स्याउ खेती गरिने भए पनि दुई सय हेक्टर जमिनमा मात्र स्याउ फल्छ । यसमा १६ सय मेट्रिकटन उत्पादन हुन्छ । त्यसैगरी १७० हेक्टर जमिनमा  सुन्तला खेती गरिन्छ भने त्यसमा एक सय दस हेक्टर जमिनमा फल्छ । त्यसमा ७७५ मेट्रिकटन मेन उत्पादन हुन्छ ।  त्यसै गरी ३३० हेक्टर जमिनमा ओखर खेती गरिने भएपनि २७ हेक्टरमा मात्र फल्छ । त्यसमा ७० मेट्रिकटन ओखर उपादन हुने गरेको छ । 

बाजुरामा स्याउ र सुन्तला राम्रो र बढी उत्पादन हुने गरेकोले यो जिल्ला भन्दा बाहिर समेत बिक्री हुने गरेको छ । यहाँ ओखर कम उत्पादन हुन्छ । त्यो जिल्लामा मात्र बिक्री हुने गरेको  कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहनी बताउनु भयो ।