बाजुरा, पुस १८ गते । बाजुराको बडीमालिका नगरपालिका–६ मा रहेको बिरेखोला बस्ती बुढीगङ्गाखोला कटानको जोखिममा पर्दै आएको छ । २०७७ साउन २८ गते बुढीगङ्गाखोलामा आएको बाढीले बस्ती कटान गर्दै आएपछि बिरेखोला बस्ती कटानको जोखिममा रहँदै आएको हो ।
यहाँ ४० घरपरिवारले विगत लामो समयदेखि बसोवास गर्दै आएका छन् । पहिला यो खोलाले केही कटान नगरेको र अहिले कटान गर्दै आएकाले यहाँका ती घरपरिवार बर्खाको समय सधैँ चिन्तित बन्ने गरेका छन् । यहाँका ४० घरपरिवार खड्का र साउदको बसोवास छ । तीमध्ये अने साउद, लालसिग साउद, विक्रम साउद, दाने साउद, लालबहादुर खड्का, प्रभते खड्का र बिर्ख खड्काको परिवार उज्च जोखिममा रहेको छ ।
पहिला यस खोलाले कटान गर्दैनथ्यो । २०७७ मा यस खोलामा आएको बाढीले वारिपारि कटान गरेसँगै अहिले यो बस्ती खोला कटानको जोखिममा पर्दै आएको लालबहादुर खड्काले बताउनु भयो । यो बस्ती जोगाउनका लागि १० लाखको ग्याबिन राखे तर २०७७ मा आएको बाढीले त्यो ग्याबिन बगाइदिएपछि अहिले त्यो पूरै बस्ती जोखिममा परेको बडीमालिका नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर खड्काले बताउनु भयो ।
सिफारिस
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

