मदिरा व्यवसायी संघ कैलालीको छैठौँ वार्षिक साधारण सभा धनगढीमा सुरु

मदिरा व्यवसायी संघ कैलालीको छैठौँ वार्षिक साधारण सभा धनगढीमा सुरु Ramaroshan
२०८२ पौष १९ गते
मदिरा व्यवसायी संघ कैलालीको छैठौँ वार्षिक साधारण सभा धनगढीमा सुरु

धनगढी , १९ पुस /  मदिरा व्यवसायी संघ कैलालीको छैठौँ वार्षिक साधारण सभा धनगढीमा सुरु भएको छ। संघका केन्द्रीय अध्यक्षको उपस्थितिमा सुरु भएको सभामा कैलाली जिल्लाका पदाधिकारीहरू, उद्योग वाणिज्य संघ कैलालीका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको छ।

सभाको उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले मदिरा व्यवसायलाई व्यवस्थित, मर्यादित र कानुनी दायराभित्र सञ्चालन गर्न सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिएका छन्। पछिल्लो समय व्यवसायिक चुनौती, कर प्रणाली, नियमन तथा उपभोक्ता हितका विषयमा संघले खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

साधारण सभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना र नीतिगत विषयमा छलफल हुने जनाइएको छ। कार्यक्रमले व्यवसायीहरूबीच अनुभव साटासाट, समस्या पहिचान र समाधानका उपाय खोज्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।