धनगढी । नेपाल–भारत दुई देशका सुरक्षा अधिकारीबिच सीमा अपराध र शान्ति सुरक्षाको सवालमा छलफल भएको छ ।
आज कैलालीको गोेदावरीमा भएको सीमा जिल्ला समन्वय बैठकमा नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई समेत मध्यनजर गरेर खुला सिमानाका कारण हुन सक्ने सीमा अपराध र शान्ति सुरक्षाको बारेमा छलफल गरिएको हो ।
बैठकमा स्थानीयस्तरमा द्विपक्षीय समस्याहरु समाधानलगायत समसामयिक विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
बैठकमा कैलालीबाट प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी मदन कोइराला र भारतको लखिमपुरखिरीबाट जिलाधिकारी दुर्गा शक्ति नागपालको नेतृत्वमा सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

