यी हुन कांग्रेसबाट कैलालीका पाँचै क्षेत्रका उम्मेदवारहरु

यी हुन कांग्रेसबाट कैलालीका पाँचै क्षेत्रका उम्मेदवारहरु Ramaroshan
२०८२ माघ ०६ गते
यी हुन कांग्रेसबाट कैलालीका पाँचै क्षेत्रका उम्मेदवारहरु

धनगढी, ५ माघ / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कैलाली जिल्लाका पाँचै निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।

पार्टीको निर्णयअनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ बाट जनकराज चौधरी, क्षेत्र नं. २ बाट विजय स्वार, क्षेत्र नं. ३ बाट भिम बडुवाल, क्षेत्र नं. ४ बाट वीरबहादुर बलायर र क्षेत्र नं. ५ बाट नर नारायण शाह 'मनु' कांग्रेसका आधिकारिक उम्मेदवार बन्ने भएका छन् ।

केन्द्रीय कार्यसमितिको यस निर्णयसँगै कैलालीमा कांग्रेसको चुनावी गतिविधि औपचारिक रूपमा तीव्र हुने संकेत देखिएको छ।

नेपाली कांग्रेसले कैलालीका पाँचै क्षेत्रमा विजय सुनिश्चित गर्ने लक्ष्यसहित चुनावी अभियान अघि बढाउने जनाएको छ।