धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा. ताराप्रसाद जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएको छ ।प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनका लागि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएको हो ।
जोशीले सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १९४ बमोजिम सभाको सदस्य पदबाट स्वेच्छिक राजीनामा दिनुभएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनु भयो ।
जोशीले माघ ४ गते नै सभामुखसमक्ष राजीनामा पेस गर्नु भएको थियो । उहाँले २०७९ को निर्वाचनमा डडेल्धुराको क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र रूपमा प्रदेशसभा सदस्यमा जित हात पार्नु भएको थियोे । यस पटक उहाँ उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दै हुनु हुन्छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

