कैलालीमा आले र शाहद्वारा उम्मेदवारी दर्ता

कैलालीमा आले र शाहद्वारा उम्मेदवारी दर्ता Ramaroshan
२०८२ माघ ०७ गते
कैलालीमा आले र शाहद्वारा उम्मेदवारी दर्ता

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रेम आले र नेपाली कांग्रेस पार्टीबाट नरनारायण शाह मनुले उम्मेदवारी दर्ता गराउनु भएको छ। 

तत्कालीन नेकपा (एकीकृत समाजवादी) का आलेलाई तत्कालीन नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीसमेतको तीन दलको नेकपाले यहाँ उम्मेदवार बनाएको हो। नेकपा र कांग्रेस पार्टी नाचगानसहित उत्साहपूर्वक उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। 

नेकपाका आले तत्कालीन समयमा एमालेबाट २०७४ को आम निर्वाचनमा जित हासिल गर्नु भएको थियो। उहाँ नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वकको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनु हुन्थ्यो।

यसैगरी, नेपाली कांग्रेसबाट उम्मेदवारी दिनु भएका शाह भने आम निर्वाचनमा पहिलो पटक उम्मेदवार बन्नु भएको छ।