एमाले उपमहासचिव लेखराज भट्टद्वारा उम्मेदवारी दर्ता

एमाले उपमहासचिव लेखराज भट्टद्वारा उम्मेदवारी दर्ता Ramaroshan
२०८२ माघ ०७ गते
एमाले उपमहासचिव लेखराज भट्टद्वारा उम्मेदवारी दर्ता

  कैलाली  । कैलाली–क्षेत्र नं. ४ बाट नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । 

आज निर्वाचन अधिकृतको  कार्यालय पुगेर भट्टले उम्मेदवारी दर्ता गर्नु भएको हो । उम्मेदवारी दर्ता गर्नुअघि भट्टसहित पार्टीका उम्मेदवार र कार्यकर्ताहरू वन खेतदेखि आयोग कार्यालयसम्म नाराबाजीसहित र्‍याली निकाल्नु भएको थियो । 

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै भट्टले आफ्नो प्रतिस्पर्धा कसैसँग नभएको स्पष्ट पार्दै  भन्नु भयो, “मैले कुनै उम्मेदवारलाई सानो ठानेको छैन, मेरो जीत केवल कैलाली–४ का लागि होइन, समग्र सुदूरपश्चिमका लागि हो ।”

भट्ट क्षेत्र ४ बाट यसअघि दुई पटक प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी) को तर्फबाट निर्वाचित भई दुई पटक मन्त्री भइसक्नु भएको छ ।