कैलालीमा रेशमलाल विरुद्ध उजुरी

कैलालीमा रेशमलाल विरुद्ध उजुरी Ramaroshan
२०८२ माघ ०८ गते
कैलालीमा रेशमलाल विरुद्ध उजुरी

धनगढी ७ माघ /   टीकापुर घटनाका दोषीको ठहरको आरोप लगाउदै नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले उम्मेदबारी बिरुद्ध उजुरी परेको छ ।

नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट प्रनिधिनि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा रेशमले उम्मेदवारी दिएका थिए ।
आज दिउँदो तीन बजेसम्म उम्मेदवारी विरुद्ध दावी विरोधका लागि निर्वाचन आयोगले दिएको समयमा स्वतन्त्र उम्मेदवार सत्यनारायण भट्टराईले रेशमलाल उम्मेदवार हुन अयोग्य रहेको दावी सहित उजुरी दर्ता गराएका हुन् ।

क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत देवीराज भारतीले सर्वोच्च अदालतले २०७२ साउन ७ गते भएको टीकापुर घटनामा दोषी ठहर गरेको हुँदा उनको उम्मेदवारी बदर गर्न माग गर्दै उजुरी परेको बताए ।