कैलाली १ मा रेशम चौधरीको उम्मेदबारी खारेज

कैलाली १ मा रेशम चौधरीको उम्मेदबारी खारेज Ramaroshan
२०८२ माघ ०९ गते
कैलाली १ मा रेशम चौधरीको उम्मेदबारी खारेज

धनगढी ८ माघ/टीकापुर घटनाका दोषीको ठहरको आरोप लगाउदै नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले उम्मेदबारी खारेज गरेको छ । नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट प्रनिधिनि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा रेशमले माघ ६ गते उम्मेदवारी दिएका थिए ।

माघ ७ गते दिउँसो तीन बजेसम्म उम्मेदवारी विरुद्ध दावी विरोधका लागि निर्वाचन आयोगले दिएको समयमा स्वतन्त्र उम्मेदवार सत्यनारायण भट्टराईले रेशमलाल उम्मेदवार हुन अयोग्य रहेको दावी सहित उजुरी दर्ता गराएका थिए । क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत देवीराज भारतीले सर्वोच्च अदालतले २०७२ साउन ७ गते भएको टीकापुर घटनामा दोषी ठहर गर्दै परेको उजुरीमा सदर गरेको हो ।

उक्त उजुरी छानविन गरी निर्वाचन आयोगले चौधरी उम्मेद्वार हुन अयोग्य रहेको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो । सर्वोच्च अदालतले २०७२ साउन ७ गते भएको टीकापुर घटनामा दोषी ठहर गरेकोले चौधरीको उम्मेद्वारी खारेज गर्न माग सहित उजुरी परेको थियो ।

यस्तो छ निर्वाचन आयोगको फैसला