डोटी । डोटीको बडिकेदार गाउँपालिका – २ सडेखानमास्थित घरमा चट्याङ परेर दुई बालका घाइते भएको छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीय घन्सराम लामिछानेको तीन कोठे एक तले कच्चीघरमा चट्याङ पर्दा उहाँका ७ वर्षीय नाती दीपेश पुन मगर र छिमेकी शेर बहादुर लामिछाने मगरको १३ वर्षीया छोरा गोकुल लामिछाने मगर घाइते हुनुभएको हो ।
चट्याङका कारणले दीपेश बेहोस हुनुभएको थियो भने गोकुलको पिठ्युमा चट्याङको झिल्का लागेको छ । घाइते दुबै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।
चट्याङले घरमा जडित विद्युतीय मिटर बक्स जलेको र घरका भित्ताहरु चर्किएका बताइएको छ ।
सिफारिस
२०८२
चैत्र
२१ गते
सुदूरपश्चिम सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुट्यो
२०८२
चैत्र
२१ गते
दार्चुला–तिङ्कर सडकको १८ किलोमिटर ट्र्याक खुल्यो, बजेट अभाव मुख्य चुनौती
२०८२
चैत्र
२१ गते
धनगढीबाट ६ जना जुवाडे पक्राउ
About Us
© 2026 Ramaroshan. Made with By MU Computer Institute

