सुदूरपश्चिमबाट राष्ट्रियसभामा एमालेकी भण्डारी निर्वाचित

सुदूरपश्चिमबाट राष्ट्रियसभामा एमालेकी भण्डारी निर्वाचित Ramaroshan
२०८२ माघ १२ गते
सुदूरपश्चिमबाट राष्ट्रियसभामा एमालेकी भण्डारी निर्वाचित

कैलाली, ११ माघ /  सुदूरपश्चिमबाट राष्ट्रियसभाको निर्वाचनमा महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी विजयी भएकी छन् ।

उनले ‌३९९४ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेत १६७५ मतमा रोकिइन् । खुल्ला तर्फको गणना जारी छ । खुल्ला एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीबीच प्रतिस्पर्धा छ ।

कांग्रेस-एमाले गठबन्धनका कारण उनको पनि जित निश्चित छ ।